काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्ने बताएका छन्।
शुक्रबार बाग्मती प्रदेश सभाको बैठकमा कांग्रेस नेता नरोत्तम बैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।
उनको सो अभिव्क्तिलाई लिएर एमालेका नेताले मात्रै नभइ कांग्रेसले समेत आपत्ति जनाउँदै सांसद वैद्यलाई आत्मआलोचना गर्न भनेको छ भने एमालेका नेताले तुरुन्त पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले भने फरक मत राख्दै फौजदारी कसुरमा दण्ड दिनुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव माैन बसेकोमा आपत्ति जनाएका छन्।
एमाले नेता थापा लेख्छन्, ‘नराेत्तम वैद्यले अपराधिक मनसायका साथ बाेले।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र माैन छन्,कसैले बाेली फिर्ता लिन र आत्मालाेचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसाे भनेकाे पाइन्छ।प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ।’
यद्यपि कांग्रेसका नेताहरु विश्वप्रकाश शर्मा, गगन थापालगायतकाले भने आत्मालोचना गर्दै माफी माग्न सल्लाह दिएका छन्।
नराेत्तम वैद्यले अपराधिक मनसायका साथ बाेले।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र माैन छन्,कसैले बाेली फिर्ता लिन र आत्मालाेचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसाे भनेकाे पाइन्छ।प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम
बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ।— Surya Thapa (@ThapajiSurya) June 12, 2021
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend