Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबल : टर्कीमाथि इटालीको सहज जित


    शनिबार, जेष्ठ २९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले टर्कीलाई पराजित गरेको छ ।

    समूह ‘ए’ मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० गोलले पराजित गरेको हो ।

    इटालीको जितमा टर्कीले एउटा आत्मघाती गोल गरेको थियो ।

    पहिलो हाफमा गोलरहित बराबरी पछि ५३ औँ मिनेटमा टर्कीका मेरिह देमिरालले आत्मघाती गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा चिरो इमोबिले तथा ७९ औँ मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गरी इटालीलाई जित दिलाए ।

    इटाली सन् २०१८ को सेप्टेम्बर यता लगातार २८ खेलमा अपराजित रहेको छ । पहिलो हाफमा दबाब बनाए पनि गोल गर्न नसकेको इटालीले दोस्रो हाफमा गोल गरेको हो ।

    बुधबार टर्कीले वेल्स तथा इटालीले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार