Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रेलियासँग नेपाल पराजित


    शनिबार, जेष्ठ २९ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । एशियाली पावरहाउस अस्ट्रेलियासँगको खेलमा नेपाल पराजित भएको छ। 

    शुक्रबार राति कतार विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोलअन्तरले पराजित भएको हो ।

    कुवेतमा भएको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। अस्ट्रेलियाले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो । छैटौँ मिनेटमा अग्रता लिएको अस्ट्रेलियाले ३८ औँ मिनेटमा त्यसलाई दोब्बर बनाएको थियो । खेलको ४५ औँ मिनेटमा नेपालका अनुभवी डिफेन्डर रोहित चन्दले रातो कार्ड पाए ।

    अस्ट्रेलियाका खेलाडीलाई डि बक्सबाहिर पछाडिबाट तानेपछि चन्दलाई सोझै रातो कार्ड देखाइएको थियो। अस्ट्रेलियाले ५७ औँ मिनेटमा तेस्रो गोल गर्यो ।

    नेपाल ८ खेलबाट ६ अंक जोडेर समूहको चौथो स्थानमा रह्यो । नेपालले चाइनिज ताइपेईविरुद्धका दुवै खेल जितेको थियो। अन्य तीनवटै टोलीसँग भएका सबै खेलमा नेपाल पराजित भएको हो । अस्ट्रेलियासँग पहिलो खेलमा नेपाल ५–० गोलअन्तरले पराजित भएको थियो । नेपाल यसअघि कुवेतसँग ७–० र १–० तथा जोर्डनसँग ३–० र ३–० गोलअन्तरले पराजित भएको थियो । यस्तै चाइनिज ताइपेईलाई भने नेपालले दुवै खेलमा समान २–० गोलअन्तरले पराजित गरेको थियो ।

    अब नेपालले एसिया कप छनोटका लागि प्ले अफ खेल्ने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार