कास्की। गण्डकी प्रदेशमा मुख्यमन्त्रीको टुंगो आज हुने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बिपक्षी गठबन्धनको बहुमत सांसदसहितको हस्ताक्षर बुझेपछि पनि आजलाई भाका सारेपछि मुख्यमन्त्रीको टुंगो आज हुने भएको हो।
शुक्रबार साँझ प्रदेश प्रमुख पौडेल समक्ष विपक्षी गठबन्धन अन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर ३१ जना सांसदले हस्ताक्षर बुझाएका थिए ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेता नेपाली बहुमत सांसद सहित पुगेका हुन् ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका थिए ।
हस्ताक्षरसहितको पत्र बुझाउदै नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले छिटै सनाखत गर्न आग्रह गरेका थिए । तर, उनको आग्रहमा प्रदेश प्रमुख पौडेलले ‘सनाखत भोलि गरौंला’ भन्ने जवाफ दिइन् । भनिन्, ‘ठीक छ यहाँहरूले ल्याउनुभएको छ । आज भइहाल्यो, प्रक्रिया पुगे नपुगेको भोलि हेरौंला ।’
नेपालीलाई कांग्रेस, नेकपा माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend