Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक


    शुक्रबार, जेष्ठ २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्।

    आफ्नै निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

    बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल तथा समसामयिक बिषयमा छलफल हुने स्रोतको दावी छ।

    कांग्रेसले महाधिवेशन आगामी भदौ ७ देखि १० गते सम्म गर्ने निर्णय गरेको छ । कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार