काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होइन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर अगाडि बढन आह्वान गरेका छन् ।
सर्वोच्च अदालतले बिहीबार गरेको फैसला अनुसार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि संघका अध्यक्ष शाहीले सोही अनुसार युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढ्ने बताए ।
‘युवासंघ नेपाललाई एकताबद्ध रूपमा संचालन गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । गुटगत मानसिकता त्याग्दै संगठनलाई एकताबद्ध बनाउन जस्तोसुकै त्याग गर्न पनि हामी तयार रहेको जानकारी गराउन चाहन्छु । युवासंघ त्यागेर अनेकन नाममा गतिविधि संचालन गरिरहनुभएका कमरेडहरूलाई म भन्न चाहन्छु ‘आउनुहोस् फुटेर होइन जुटेर, व्यक्तिको लागि होइन राष्ट्रको लागि’ एकताबद्ध भएर युवा आन्दोल सन्चालन गरौं, यसैमा सबैको हित छ । यसर्थ हिजो युवा संघ, नेपालमा रही आज विभिन्न अन्य संगठनको नाममा रहनुभएकाहरुलाइ अदालतको फैसला अनुरूप पुनः नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालमा आवद्ध हुन हार्दिक अपिल गर्न चाहन्छु’ अध्यक्ष शाहीले गरेको अपिलमा भनिएको छ ।
नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अदालतको फैसलापछि नेकपा एमाले पुर्ण रूपमा जेठ २ अगाडिको अवस्थामा पुगेको छ । त्यसै फैसलाले एमालेका भातृ संगठनलाई पनि जेठ २ अगाडिको अवस्थामा पुर्याएको छ ।
नेकपा एमालेको युवा भातृ संगठन युवा संघ नेपाल थियो । केही साथीहरूले त्यसलाई विघठन गर्दै अनेकन नाममा गतिविधि गर्दै आएको बताउँदै उनले आफूहरुले युवा संघ नेपालको राजनीतिक एवं साङ्गठनिक महत्व, प्रभाव, इतिहास र आगामी युवा आन्दोलनमा यसको नेतृत्वदायी भुमिका जिवित राख्न ठुलो संघर्ष गरेको जनाएका छन् ।
युवा संघको नाम, सङ्गठन, इतिहास र गरिमा बचाउन यो संघर्षमा लागिरहेका र साथ दिने सबैमा उच्च सम्मान व्यक्त गर्दै अध्यक्ष शाहीले युवा संघ जोगाउने राजनीति, साङगठनीक र शारीरिक एवं नैतिक सकृयताको लागि उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend