Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोकप फुटबलका खेलहरु आजदेखि, उद्घाटन खेलमा टर्की र इटाली भिड्दै


    शुक्रबार, जेष्ठ २८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोकप फुटबलको १६ औं संस्करण आज रातीबाट सुरु हुँदैछ ।  प्रतियोगिता युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । 

    युरोपेली फुटबलको सर्बोच्च निकाय यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

    इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् भने फाइनल खेल लण्डनमा हुने तालिका छ । सन् १९६० मा फ्रान्सको आयोजनामा भएको पहिलो संस्करणको युरोकपमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो ।

    युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ । यसअघि सन् २०१६ मा भएको युरोकपको उपाधि पोर्चुगलले जितेको थियो । सन् २०२० मा हुनुपर्ने युरोकप कोरोना महामारिका कारण एकबर्ष पछि सारिएको हो ।

    प्रतियोगिता जुलाई ११ सम्म चल्ने छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार