Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संचारमन्त्री थापाद्वारा साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदल गठनको निर्णय


    शुक्रबार, जेष्ठ २८ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा  कार्यदल बनाउने पहिलो निर्णय गरेकी छिन् ।

    बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले  सञ्चार र  सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । 

    एकार्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो । उनले पूर्वसञ्चार मन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन ।  
     
    मन्त्री थापाले सरकार र सरकारका योजना सफल बनाउँदै नेपाललाई नयाँ युगमा लैजानका लागि ‘डिजिटल नेपाल’ को आकाङ्क्षा लिइएको बताउँदै भनिन्, ‘आजको सूचना, सञ्चार, प्रविधिको दुनियाँमा सञ्चार मन्त्रालय अतिसंवेदनशील मन्त्रालयभित्र पर्छ, यसले सम्पूर्ण राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी लिएको हुन्छ, जनता र सरकारको बीचको संवाद, सूचना आदानप्रदान, सूचना प्रवाह गर्ने र सुसूचित गर्न, जनचेतना प्रवाह गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।’  
      
    रुपन्देही जिल्लामा जन्मिएकी मन्त्री थापा हाल चितवनमा बस्दैआएकी छिन् । पूर्वशिक्षिका थापा संगठित हुँदै २०३५-०३६ को विद्यार्थी आन्दोलनमा सहभागी भएकी थिइन् । विसं २०३८ मा नेकपा (चौम) पार्टी सदस्य र  अनेमसंघका जिल्ला सचिव, २०४२ मा अनेमसंघका केन्द्रीय महासचिव, २०४७ मा अनेमसंघका केन्द्रीय संयोजक हुँदै २०५० सालमा एकीकृत अनेमसंघका केन्द्रीय महासचिव भएकी थिइन् । 

    विसं २०६४–२०६८ सम्म राष्ट्रिय महिला आयोगका अध्यक्ष भएकी थापा तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार पनि थिइन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार