Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पक्राउ परेका लामालाई तत्काल रिहाई नगरे आन्दोलन गर्ने कांग्रेसको चेतावनी


    शुक्रबार, जेष्ठ २८ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काभ्रे । पोखरामा गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई लुकाएर राखेको प्रकरणमा पक्राउ परेका गुण्डा नाइके तथा कांग्रेस नेता गणेश लामालाई तत्काल रिहाई नगरिए काभ्रे कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    पोखराको लेकसाइडबाट साँझ  लामा पक्राउ परेपछि काभ्रे कांग्रेसका  सभापति मधु आचार्यले प्रेस विज्ञप्ति मार्फत आन्दोलन गर्ने चेतावनी चेतावनी दिएका हुन ।

    आचार्यले प्रेस विज्ञप्तिमा भनेका छन् ‘नेपाली कांग्रेस काभ्रेका नेता तथा गत आमनिर्वाचनमा प्रदेश सभा क्षेत्र नं १ ‘ख’ बाट उम्मेदवार रहनुभएका गणेश लामालाई अलोकतान्त्रिक ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेस सरकारको मिलोमतोमा आज साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दछौं ।

    नेपाली कांग्रेस काभ्रे नेता गणेश लामाको अविलम्ब ससम्मान रिहाईको माग गर्दछ । अन्यथा नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी सरकारी हर्कत बिरुद्ध सशक्त कदम चाल्न हामी बाध्य हुने कुरा प्रष्ट गर्दछौं ।’

    लामालाई विश्वासको मत प्राप्त गर्न नसकेका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङको निर्देशनमा कास्की प्रहरीले पक्राउ गरेको हो। कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले लामालाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ गरेको संचारमाध्यमहरुलाई वताएका छन् ।

    तर, गण्डकी प्रदेशका मुख्यमन्त्री  गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा आएकाले राजनीतिक चलखेल गरेको आरोपमा प्रहरीलाई दुरुपयोग गरी पक्राउ गराएको कांग्रेसले जनाएको छ। लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार