Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समन्वयबाटै समृद्धिको लक्ष्य पूरा : सञ्चारमन्त्री थापा


    शुक्रबार, जेष्ठ २८ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सबैको सहयोग र समन्वयबाट सरकारले लिएको समृद्धिको लक्ष्य पूरा हुन सक्ने बताउनुभएको छ । उहाँले एक अर्काको सहयोगबिना सरकार र यो मन्त्रालयले लिएको लक्ष्य र तय गरेको कार्यक्रम पूरा हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
    सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्नुहुँदै उहाँले सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्नमा आफू केन्द्रित भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सफल हुनै पर्छ, सफलता प्राप्त गर्नै पर्छ ।”

    पदभार ग्रहणपछि उहाँले साइबर सुरक्षा नीति बनाउन मन्त्रालयद्वारा गठन गरिएको कार्यदलसम्बन्धी निर्णयलाई सदर गर्नुभएको थियो । मन्त्रालयको सचिवको संयोजकत्वमा सो कार्यदल गठन गरिएको छ । मन्त्रालयमा मन्त्री र कर्मचारीबीच कुनै छेकेबार नहुने बताउँदै उहाँले हामी एउटा परिवार भएर मन्त्रालयले लिएको लक्ष्य पूरा गर्ने छौँ भन्नुभयो । उहाँले राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जनमैत्री र नमुना मन्त्रालयका रूपमा विकास गर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “यो मन्त्रालय अति नै संवेदनशील मन्त्रालयभित्र पर्दछ । यसले गहन जिम्मेवारी लिएको छ । जनता र सरकारको बीचको संवाद र सूचना आदानप्रदान गर्ने, जनचेतना प्रवाह गर्ने यो अत्यन्तै महत्त्वपूर्ण मन्त्रालय हो । ” सरकारले लिएको डिजिटलाइजेसनको कार्यक्रमलाई विशेष महìवका साथ लिनुपर्ने उहाँको धारणा छ ।

    मुलुकको विकास र समृद्धिका लागि सरकार र जनता एक अर्काका पूरकका रूपमा अगाडि बढ्नुपर्ने बताउँदै उहाँले गणतन्त्र नेपाललाई सफल बनाउन जिम्मेवारी बोध हुन जरुरी छ भन्नुभयो ।

    त्यस अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रम र योजनाबारे मन्त्री थापालाई जानकारी गराउनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार