काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दुईतिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेको बेलामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदत्याग नगर्दा आजका दिनसम्म आउँदा नेपाल कम्युनिष्ट पार्टी विभाजन भयो । भएको एमाले पनि विभाजनको संघारमा छ । ६ वटा प्रदेश सरकारहरुमध्ये २ वटामा एमाले चिरा परिसकेको छ । बाँकी ४ वटा सरकार पनि संकटमा छन् । गण्डकी प्रदेश सरकार आज ढलिसकेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेश सरकारले पनि नीति कार्यक्रम र बजेट पारित गर्नसक्ने अवस्था छैन ।
यसबीचमा ओलीको राष्ट्रवादी बर्को पनि नागरिकता अध्यादेश जारी गरी देशलाई फिजीकरण गरेपछि उघारिएको छ । उनले सत्ताका लागि नागरिकता अध्यादेश जारी गरी देशलाई फिजीकरणको दिशामा लगिसकेका थिए । तर आज सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएपछि देश फिजीकरण हुनबाट बच्ने आशा गरिएको छ ।
ओलीको अहंकारले आज एकै दिन उनलाई चार जोड्दार झट्का लागेको छ । ३ वटा झड्का त उनलाई सर्वोच्च अदालतको आदेशले दिएको छ । गण्डकीमा बिश्वासपात्रको सरकार ढलेको छ । भारतलाई रिझाउन नागरिकता बाँड्ने योजनामा सर्वोच्व अदालतले रोक लगाइदिएको छ ।
जसपालाई ओली सरकारमा रहन पनि सर्वोच्चको आदेशले नैतिक संकट पैदा गरेको छ । कर्णाली प्रदेशका चार एमाले सांसदलाई पनि पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिएको छ ।
त्यसैगरी चौथो झट्का एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले मान्यता दिएन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend