कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ढलेको छ ।
आज प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार स्वत ढलेको हो । यसअघि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।
सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने भए पनि उनले जम्मा २७ मत पाएका छन्।
विपक्षमा ३० मत परेको छ । प्रदेशसभा बैेठकमा ५८ जना उपस्थित भए पनि जम्मा ५७ जनाले मतदान गरेका छन् ।
एक जना तटस्थ बसेका छन् । राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित भए ।
मुख्यमन्त्रीको प्रस्तावविरुद्ध काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले मतदान गरेका थिए । ६० सदस्यीय गण्डकीमा विपक्षी गठबन्धनको पनि स्पष्ट बहुमत छैन । तर, दीपक मनाङेले विपक्षीलाई साथ दिए विपक्षीको बहुमत पुग्ने देखिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend