Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अझै आठ मन्त्रालय मन्त्रीविहीन, कहिले पाउँछ मन्त्रिपरिषदले पूर्णता?


    बिहिबार, जेष्ठ २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेपनि मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन ।

    प्रधानमन्त्री  ओलीले गत शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर एमालेका १३ जना मन्त्रीलाई विदा गरी जनता समाजवादी पार्टीका दश र एमालेका दुई गरी १२ जना मन्त्री नियुक्त गरेका थिए ।

    प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् । 

    रिक्त आठ मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्रीले आफ्नै दलभित्रबाट मन्त्री बनाएर जिम्मेवारी दिने तयारी गरेका छन् । तर पार्टीभित्रको आन्तरिक विवादले गर्दा मन्त्रिपरिषद विस्तार गर्न नसकिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार