Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति सार्वजनिक: १४ ठाउँमा जग्गा, २२ तोला सुन (विवरणसहित)


    बिहिबार, जेष्ठ २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मन्त्री भएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनी र उनकी पत्नी उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङमा गरी १४ ठाउँमा जग्गा छ ।

    यस्तै मन्त्री तामाङले आफूसँग अहिले २२ तोला सुन रहेको उल्लेख गरेका छन् । यस्तै आफ्नो नाममा एउटा मोटरसाइकल र पत्नी उषाकला राईको नाममा एउटा कार रहेको उनले सम्पत्ति विवरणमा देखाएका छन् । यसैगरी उनीसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप रहेको विवरणमा जनाइएको छ ।

    यस्तै मन्त्री तामाङले अहिले आफूसँग २० लाख रुपैयाँको सेयर रहेको जानकारी दिएका छन् । उनले अहिले आफूलाई ३५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।

    a-2.jpgb-1.jpgc-1.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार