Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने


    बिहिबार, जेष्ठ २७ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ २८ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।  सापकोटाले  बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबार भएको भन्दै थापाले सभामुखले बैठकमा आउन भन्दै पार्टी कार्यालयमा पत्र पठाएर बोलाउनु गलत भएको तर्क गरेका छन्। ‘प्रधानमन्त्रीलाई कहाँ पत्र पठाउनुपर्छ भन्ने सभामुखलाई थाहा रहेनछु, थापाले भने, बालुवाटार र सिंहदरबारमा पत्र पठाउनुपर्ने हो तर पार्टी कार्यालयतिर पुगेछ।’

    सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँबानेश्वरको संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसहित विघटन संसदका दलहरूका नेतालाई सहभागी हुने गरी सर्वदलीय बैठक डाकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार