Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ सरकारको मन्त्री नियुक्तिमा निधिको एक्लौटी, कांग्रेसमा चरम असन्तुष्टि


    बुधबार, जेष्ठ २६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडांै । प्रदेश नम्बर २ को सरकारमा नेपाली कांग्रेसले रामसरोज यादवको नेतृत्वमा तीन सांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउत गद्दीको सरकारलाई नेपाली कांगे्रेस र माओवादी केन्द्रले समर्थन गरेपछि ३ मन्त्रालय कांग्रेस र २ माओवादी केन्द्रलाई दिनेगरी सहमति भएको छ । 
    नेपाली कांग्रेसबाट मन्त्रीका लागि धनुषाका रामसरोज यादव, पर्साका ओमप्रकाश शर्मा र सर्लाहीका वीरेन्द्रप्रसाद सिंहलाई पठाइएको छ । मन्त्री छनोटमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले एक्लौटी गरेको भन्दै २ नम्बर प्रदेशमा असन्तुष्टि छाएको छ । मन्त्री नियुक्ति गर्दा समावेशीतालाई ख्याल नै नगरिएको गुनासो २ नम्बरमा छ । मिर्चैयादेखि पथलैया, चन्द्रनिगाहापुरसम्म कांग्रेसलाई मत दिने पहाडे समुदायबाट मन्त्रीमा परेनन् । कांग्रेस र क्षेत्रीय पार्टीमा कुनै फरक नभएकोमा असन्तुष्टी छाएको छ । निधिको बिरोधमा नेपाली कांग्रेसको ठूलो पंक्ति रुष्ट भएको छ ।

    समावेशीतालाई उपेक्षा गरे नै निधिले मन्त्रीमा आफ्नो कोटरीका मात्र नियुक्त गरेकोमा कांग्रेसका मधेशीहरु पनि रुष्ट भएका छन् । निधिले आफ्ना निकटस्थहरुलाई मात्र मन्त्री नियुक्ति गरेको गुनासो उनीहरुको छ ।

     मंगलबार बेलुकासम्म धनलाल ठोकरको नाम मन्त्रीमा थियो, तर आज मन्त्री सिफारिसमा उनको नाम काटिएको छ । र, निधिले आफूलाई सबै खालका सहयोग गर्ने ओमप्रकाश शर्मालाई मन्त्रीमा सिफारिस गरेको आरोप छ । शर्मा बीरगंजका ठूला ब्यापारी हुन् । उनीमाथि निधि गृहमन्त्री हुँदा चीनबाट नेपाल हुँदै भारतमा ठूलो परिमाणमा सुन तस्करी गरेको आरोप पनि लाग्ने गरेको छ । शर्मा निधिका आर्थिक सहयोगी पनि भएकाले सारा संगठन गर्ने र जमिनसँग जोडिएकाहरुको उपेक्षा गरी मन्त्री बनाएका छन् ।

     २ नम्बर प्रदेश सरकारमा मन्त्री हुने चर्चामा रहेर पनि निधिको कोपभाजनमा परेका सांसद ठोकरले भने, खोई किन बनाएन, पार्टीलाई सोध्नुस् । 

    तराईका मिचैैयादेखि पथलैयासम्मका कांग्रेसको चित्त दुखाउने काम निधिले गरेका छन् । सर्लाहीका वीरेन्द्रप्रसाद सिंहले भने गगन थापाको पनि आशीर्वाद पाएका छन् । प्रदेश नम्बर २ मा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन् । । शर्माले ऊर्जा तथा खानेपानी र सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार