Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई बाहिरिएनन्


    बुधबार, जेष्ठ २६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाईका लागि गठित संवैधानिक इजलास नछोड्ने भएका छन् ।

    संवैधानिक इजलास सुरु भएलगत्तै आफ्ना भनाइ राख्दै इजलासका एक न्यायाधीश ईश्वर प्रसाद खतिवडाले संसद विघटन सम्बन्धी मुद्दा यही बेन्चले हेर्ने भन्दै बेन्च गठनको कुरामा अबदेखि बहस नगर्न आग्रह गरेका छन् । 

    खतिवडाले भने, ‘हिजो अस्तिका कुरा कोट्याउन चाहन्न त्यो हाम्रो जानकारीमा छ । संयोगले जिम्मेवारी आएको छ अब यो जिम्मेवारीबाट हामी भाग्दैनौं ।’

    उनले भने, ‘कहिलेकाहीँ शब्दबाट जवाफ हुन्छ, कहिलेकाहीँ उत्तर मौनता हुन्छ । अबदेखि बेन्च गठनको कुरामा बहसमा नउठाऔं ।’

    बुधबार न्यायाधीश कार्की र भट्टराईले आफ्नो इजलासका सम्बन्धमा आफ्नो निर्णय सुनाउने भनिए पनि सुनाएनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाई जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुने बताएका छन् ।

    प्रतिनिधि सभा विघटन सम्बन्धी विषयमा परेका रिटमाथि सुनुवाइका लागि गठित यो इजलासका २ न्यायाधीशमाथि आइतबार सरकार पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार