Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक इजलासमा सुनुवाइ सुरु, यो इजलास पनि भङ्ग हुने जोखिम


    बुधबार, जेष्ठ २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार हेर्दाहेर्दैमा स्थगित भएको संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ३ दिनपछि आज सुरु भएको छ ।

    सोमबार र मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा बिरामी भएका कारण इजलासको पेशी नतोकिएको सर्वोच्च अदालतले जनाएको छ । 

    प्रतिनिधि सभा विघटन सम्बन्धी विषयमा परेका रिटमाथि सुनुवाइका लागि गठित यो इजलासका २ न्यायाधीशमाथि आइतबार सरकार पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । न्यायाधीशमाथि नै प्रश्न उठाइएपछि आइतबारको इजलास विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दैमा स्थगित भएको थियो । आजको इजलास पनि विषयवस्तुमा प्रवेश गर्छ कि गर्दैन भन्ने विषयमा आशंका छ ।

    सरकार पक्षका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईमाथि प्रश्न उठाएका थिए । यी दुई न्यायाधीशले आज इजलासमै यसको जवाफ दिने तयारी गरेका छन् । तर, न्यायाधीशले जवाफ दिएपछि पनि विवाद कायमै रह्यो भने यी दुई न्यायाधीशले इजलासमा बस्न अस्वीकार गर्न सक्छन् । यदि यी दुई न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरे भने यो इजलास पनि विघटन हुनेछ र अर्को इजलास गठन गर्नुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार