Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको घोषणा अलपत्र, सेनाले बनाउने १ हजार शैयाको अस्थायी अस्पताल सुरु नै भएन


    बुधबार, जेष्ठ २६ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोनाको दोस्रो लहरले दैनिक २५० भन्दा बढी नेपालीको मृत्यु हुन थालेपछि गएको बैशाख २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा नेपाली सेनाले १ हजार शैयाको अस्थायी  अस्पताल बनाउने घोषणा गरे । तर, उनले घोषणा गरेको ३६ दिन बितिसक्दा पनि सेनाले अस्थायी अस्पताल बनाउन सकेको छैन ।

    सेनासँग सल्लाह समेत नगरी प्रधानमन्त्रीले १ हजार शैयाको अस्पताल बनाउने घोषणा त गरे, तर ती अस्पताल १ महिना बितिसक्दा पनि सुरु हुनसकेका छैनन् । जबकि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले खुल्ला चौरमा १ हजार शैया आइसीयु बेड निर्माण गरी जनता बचाउने काम गरे । तर नेपालका प्रधानमन्त्री ओलीले १ हजार बेड क्षमताको अस्थायी अस्पताल सेनाले बनाउने घोषणा त गरे । तर १ महिना बितिसक्दा ती अस्पतालहरु निर्माण सुरु समेत हुन सकेका छैनन् । बल्लतल्ल त्यस्ता अस्पताल होइन, नेपाल–भारत सीमामा होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्रको प्रक्रिया पूरा भएको छ ।

     कोरोनाको दोस्रो लहरले दैनिक १० हजारभन्दा बढी संक्रमित हुने क्रम बढिरहँदा अक्सिजन अभाव र बेड अभावमा धेरै नेपालीले ज्यान गुमाए । कोरोनाको दोस्रो लहरको आक्रमण जेठ दोस्रो साताबाट कम हुन थाल्दा पनि सेनाले अस्पताल निर्माणका लागि बोलपत्रको प्रक्रिया पूरा गरेको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने–अस्पताल भन्दा पनि नेपाल–भारत सीमामा ८ वटा होल्डिङ सेन्टर बनाउने निर्देशन सेनालाई आएको हो । त्यही सिलसिलामा ८ वटा होल्डिङ सेन्टर तोकिएका जिल्लामा र एउटा होल्डिङ सेन्टर काठमाडौं उपत्यकामा बनाउने भनेका थियौं । यसबीच उपत्यकामा होल्डिङ सेन्टर निर्माण गर्नुनपर्ने भन्ने कुरा आयो ।

    प्रवक्ता पौडेलको भनाइ छ-काठमाडौं महानगरपालिका र डीसीसीएमसीले चार पाँच वटा अस्पताललाई नै होल्डिङ सेन्टर कायम गर्यो । उपत्यका बाहिर अस्थायी किसिम (सेमी परमानेन्ट) को अस्पतालको समेत सुविधा भएको होल्डिङ, आइसोलेसन सेन्टर र अक्सिजनसहितको १ सय जनालाई सेवा पुर्याउनेगरी बहुउपयोगी संरचना निर्माण गर्नका लागि बोलपत्र आह्वान गरी मूल्यांकन भई काम सुरु हुने चरणमा पुगेको छ ।

     प्रधानमन्त्री ओलीले सो दिन सरकारी टेलिभिजनबाट देशबासीका नाममा सम्बोधन गर्ने क्रममा सेनाले १ हजार बेडको अस्थायी अस्पताल तत्कालै बनाउने घोषणा गरेका थिए । उनले काठमाडौंमा हो वा बाहिर हो त्यो भने खुलाएका थिएनन् । तर ३६ दिनसम्म पनि उनको घोषणा कार्यान्वयन हुन सकेको छैन । यसबीचमा अस्पतालमा आइसियु बेड नपाएर र अक्सिजनको अभावमा दैनिक २५० जना नेपालीले ज्यान गुमाए । तर उनले बनाउने घोषणा गरेको अस्पताल निर्माण प्रक्रिया सुरु हुन सकेन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार