काठमाडौं । एमालेका शीर्षनेताहरुलाई आफ्नै पार्टीका सहयोद्धासँग भन्दा विपक्षीसँग गठबन्धन कसले गराउँदैछ भन्ने प्रश्न नेकपा(एमाले)का युवानेता योगेश भट्टराईले गरेका छन् ।
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै सहयोद्धा झलनाथ खनाल र माधवकुमार नेपालसँग भन्दा महन्थ ठाकुर र राजेन्द्र महतोसँग गठबन्धन किन गर्नुपरेको होला भन्ने प्रश्न गरेका छन् ।
भट्टराईले बरिष्ठ नेताद्वय खनाल र नेपाललाई पनि अध्यक्ष ओलीसँग भन्दा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवसँग गठबन्धन गर्न तयार हुनुपर्ने परिस्थिति किन आयो ? कसले, किन र केका लागि गर्दैछ यो सब भनी प्रश्न गरेका छन् । एकताको मूल जड नै यहीँ भएको उनको ठोकुवा छ ।
एमालेका शीर्षनेतालाई आफ्ना सहयोद्धासँग भन्दा विपक्षीसँग गठबन्धन गराउने काम कसले गरिरहेको छ भन्ने प्रश्न गर्दै भट्राईले लेखेका छन्–कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कसले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मूल जड यहीँ छ ।
यस बिषयमा कमरेडहरुबीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियान मार्फत् एमालेको एकता बचाउन जरुरी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend