Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको प्रस्ताव सकारात्मक भए पनि एकताको इमान्दार प्रयास मान्न सकिन्नः गौतम


    मंगलबार, जेष्ठ २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका छन् ।

    मंगलबार विज्ञप्ति जारी गरी उनले अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका हुन् ।

    नेता गौतमले एमालेलाई २०७५ जेठ ३ पूर्वका अवस्थाबाट अगाडि बढाउन तयार हुनु सकारात्मक भए पनि एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुने बताएका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

     

    Statment-UML-Unification.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार