Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाग्मती प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत


    मंगलबार, जेष्ठ २५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बाग्मती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्रदेशसभामा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।

    बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकताको सम्बन्धमा छलफल गरी निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

    उनका अनुसार यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार