Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खतिवडाको बेञ्चमा, भिडियो कन्फरेन्सिङमार्फत सुनुवाइ हुने


    मंगलबार, जेष्ठ २५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा परेका सबै मुद्दाको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ ।

    सर्वोच्च अदालतले मंगलबार बिहान जारी गरेको दैनिक पेशी सूचीमा मन्त्रिपरिषद् विस्तारविरुद्धका ६ वटै रिट न्यायाधीश खतिवडाको इजलासमा राखिएको छ ।

    बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    रिटमा मन्त्रिपरिषद विस्तार संविधान विपरि भएको भन्दै बदर गर्न माग गरिएको छ ।

    कोरोना महामारीका कारण रिटको सुनुवाइका लागि पक्ष र विपक्षका कानुन व्यवसायी भौतिक रुपमा अदालत उपस्थित नभइ अनलाइनमार्फत भिडियो कन्फरेन्समा उपस्थित भएर बहस गर्ने भएका छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार