काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारका पक्षमा मतदान गर्ने एमालेको माधव नेपाल पक्षले निर्णय गरेको छ । माधव नेपाल पक्षले समर्थन गरेका कारण भट्टको सरकार सुरक्षित भएको छ ।
एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरे पनि सुदूरपश्चिम संसदीय दलले पार्टीको निर्णयलाई चुनौती दिंदै समर्थन कायमै रहने घोषणा गरेको छ । एमाले संसदीय दलको निर्णयपछि भट्टले माधव नेपाल पक्षका ६ प्रदेशसभा सदस्यलाई मन्त्री र राज्यमन्त्री बनाएका छन् । माधव नेपाल पक्षको साथ पाएका भट्ट विश्वासको मत पाउने कुरामा ढुक्क छन् ।
यसैबीच नेपाली कांग्रेसले पनि भट्टलाई समर्थन गर्ने निर्णय गरेको छ । भट्टको सरकारलाई सांसदको संख्या नपुगेमा कांग्रेसले समर्थन गर्ने भएको छ । सुदूरपश्चिममा एमालेका २४ सांसदमध्ये १८ माधव नेपाल पक्षमा छन् ।
भट्टलाई एमालेको माधव नेपाल पक्षले समर्थन गरिसकेकाले अरु पार्टीको मत आवश्यक देखिंदैन । नेपाली कांग्रेसले सरकार जोगाउन आवश्यक परेमा मत दिने छ । जसपाले भने के गर्ने निर्णय गरिसकेको छैन । प्रधानमन्त्री ओली पक्षका सांसदहरुले भने भट्ट सरकारको विपक्षमा मतदान गर्ने भएका छन् ।
सुदूर पश्चिम प्रदेशसभामा नेकपा एमालेका २४ सांसद छन् । नेकपा माओवादीका १३ र नेपाली कांग्रेसका १२ जना सांसद छन् । जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन्
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend