Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजनीतिलाई विकृत बनाउन कतै ‘सुकुलगुण्डा’ समूह खडा भएको त छैन ?: घनश्याम भुसाल


    सोमबार, जेष्ठ २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई विकृत बनाउन पञ्चायत कालमा जस्तै अहिले पनि ‘सुकुलगुण्डा’ समूह खडा भएको त हैन? भन्दै प्रश्न गरेका छन्।

    ‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ नेता भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्।

    ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धरासायी हुनुमा त्यस समूहको कम्ति योगदान दिएन,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भुसालले भनेका छन्, ‘त्यसबेलाका कतिपय पञ्चहरुले त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु। आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम त्यस्तै हुने त होइन ?’

    उनले आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह खडा भएको आशंका गर्दै धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका स्मरण गराउँदै परिणाम पनि त्यस्तै हुने त होइन? भनेका छन्।

    उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको आह्वान गर्दै आइतबार राति ६ बुँदे प्रस्ताव अगाडि सारेपछि आफूहरूविरुद्ध फेरि अनर्गल प्रचार शुरु भएको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार