Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फौजदारी अभियोग लागेका मन्त्रीको राजीनामा माग गर्दै कर्णाली प्रदेशसभा अवरुद्ध


    सोमबार, जेष्ठ २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको बैठकमा सोमबार सदन शुरू हुनासाथ नैतिक पतन भएको अभियोग लागेका मन्त्रीलाई अहिलेसम्म सरकारले संरक्षण गरेर राखेको भन्दै एमालेले संसद अवरुद्ध गरेकाे छ । 

    नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापाको राजीनामा माग गरेका छन् ।

    नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गर्दै उनले थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध समेत गरे । 

    उनले सो माग गरेसँगै एमालेले संसद अवरुद्ध गरेको छ । 

    एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन’, कँडेलले भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार