Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको झालझेलमा नपर्ने नेपाल समूहको निष्कर्ष


    सोमबार, जेष्ठ २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । एमालेको माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ ।

    ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव, पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय नेपाल पक्षकाे सोमबारको स्थायी कमिटी बैठकले गरेको हो ।

    बैठकमा सामेल स्थायी कमिटी सदस्य बेदुराम भुसालले ओलीले फेरि पनि जालझेलपूर्ण कुरा गरेकाले उनको प्रस्ताव नमान्ने निर्णय आफूहरुले गरेको बताए ।

    उनले भने,‘ हामीले ओलीले सार्वजनिकरुपमा अघि सारेको प्रस्तावबारे समिक्षा गर्यौँ । समिक्षा पछि हामीले यो प्रस्ताव पार्टी एकताको पक्षमा नभएको र उहाँले जालझेलपूर्ण तरिकाले यो प्रस्ताव अघि सारेले आफूहरु त्यसमा नफस्ने निर्णय गरेका छौँ । यो पक्षले आफ्नो निष्कर्ष केहीबेरमा लिखित रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार