काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति गरेको पार्टी एकताको प्रस्तावका बारेमा छलफल गर्न माधव नेपाल समूहको स्थायी समिति बैठक बसिरहेको छ । माधव नेपाल समूहको थायी समितिका सदस्यहरुको जुम मिटिङमा ओलीले गरेको पार्टी एकताको प्रस्तावका बारेमा छलफल भइरहेको छ । अध्यक्ष ओलीले राखेको प्रस्तावका बारेमा बैठकले साझा धारणा सार्वजनिक गर्ने स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छन् ।
अध्यक्ष ओलीको प्रस्तावको बुँदा नम्बर ४ मा सर्वोच्च अदालतमा दर्ता गरेको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त मान्य नहुने माधव नेपाल समूहका नेताहरुको भनाइ छ । ओलीले राखेको प्रस्तावको ४ नम्बर बुँदामा उल्लेख छ– ‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।’
ओलीले राखेको यो सर्त मान्न माधव नेपाल पक्ष तयार नहुने भएको छ । ओलीले पार्टीलाई जेठ ३, २०७५ कै अवस्थामा फर्काउनेलगायतका कुराहरु मानेर जान सकिने भए पनि उक्त सर्त मान्न माधव नेपाल पक्ष तयार नहुने भएको छ ।
नेतृ शाक्यले त एकता प्रस्तावलाई ओलीको नयाँ चालबाजीको संज्ञा दिएकी छन् । उनले भनिन्– ‘प्रधानमन्त्री ओलीले आफ्नो कदम गल्ती थियो भनेर भनेका छैनन्, आफ्ना गल्ती नदेख्ने, अरू मात्रै सच्चिनु पर्छ भनेर कहाँ सहमतिको वातावरण बन्छ ।’
अध्यक्ष ओलीको एकता प्रस्तावलाई अर्का स्थायी समिति सदस्य योगेश भट्टराईले भने सकारात्मक भनेका छन् । अर्का नेता अरुण नेपालले पनि एकता प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend