Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बादलसहितका नेताहरु पुन: माओवादीमै फर्किने संकेत, बालुवाटार भन्दा खुमलटार नै प्यारो !


    सोमबार, जेष्ठ २४ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रलाई परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेर मन्त्री बनेका रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरु अहिले दोधारमा परेका छन् । 

    गत जेठ ६ गते सर्वोच्च अदालतले गैरसांसद भएर पनि मन्त्री बनेको भन्दै पद खोसिदिएपछि ‘यता न उता’को अवस्थामा पुगेका हुन् ।

    एकातिर मन्त्री पद खोसिएको र अर्कोतिर एमालेभित्र आन्तरिक किचलोको पेलाइमा परेका कारण बादल, टोपबहादुरसहितका पूर्वमाओवादी नेताहरुलाई एमाले प्रवेश ‘नखाऊँ भने दिनभरको शिकार,खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको बुझिएको छ। 

    एकातिर माओवादी परित्याग, अर्कोतिर सर्वोच्चबाट पद खोसिनु माओवादीबाट एमालेमा छिरेर एकैचोटी केन्द्रीय नेतृत्वमा पुगेकाहरु अहिले खुमलटारतिर आँखा तेर्स्याउन थाले बुझिएको छ । मन्त्री पद छउन्जेल माधव नेपालहरुलाई एमालेमा स्वागत गर्छौँ भन्ने पूर्वमाओबादीका  नेताहरु अहिले माओवादीले स्वागत गर्दिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको स्रोतले बताउछ। 

    स्रोतका अनुसार तमाम कमजोरीका बाबजुद पनि माओवादीमै फर्केर अन्तरसंघर्ष चलाउनुपर्ने कार्यकर्ताको दबाबले पनि खुमलटारसँग नजिकिन नेताहरुलाईलाई बाध्य पारेको हो । त्यसैकारण एमालेमा विजातीय बनेर बस्नुभन्दा बरु कमजोरी भए पनि माओवादीमै फर्कने मनस्थितिमा पुगेको स्रोतको दाबी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार