Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको वक्तव्यप्रति रामकुमारी झाँक्रीको टिप्पणी : एकता हुन नदिने अर्को डिजाईन हो


    सोमबार, जेष्ठ २४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी वक्तव्य जारी गरेको बताएकी छिन् ।

    आइतबार राति अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै एमाले एकताका लागि पार्टीलाई पूर्ववत् अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए । तर, नेतृ झाँक्रीले ओलीको उक्त वक्तव्य आफूहरुलाई  अलमल्याउने र झुक्याउन गरिएको बताइन। 

    अध्यक्ष ओलीले वक्तव्य जारी गरेको केही समयपछि नेतृ झाँक्रीले सामजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै यस्तो बताएकी हुन्।  

    ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ, फेसबुकमा उनले लेखेकी छिन्, अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ?’ उनको प्रश्न छ।

    उनले अघि लेखेकी छिन्, ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन । त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने  डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार