काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ पार्टी एकताका लागि २०७५ जेठ ३ मा फर्किन तयार रहेको वक्तब्य निकालेका छन् । उनको वक्तब्यलाई अदालतको मुद्दा प्रभावित पार्ने चालबाजीका रुपमा माधव नेपाल पक्षका नेताहरुले लिएका छन् । ओलीको प्रस्तावको पहिलो बुँदामा एकताको पक्षधरमा रहेका भनेर माधव नेपाल समूहका केही नरमन्थी नेताहरुलाई मात्र भन्न खोजिएको अर्थमा लिइएको छ ।
माधव नेपाल समूहसँग होइन, त्यो समूहका केही नेताहरुलाई आफूतिर तान्ने निहीत उद्देश्यले ओलीको प्रस्ताव आएको त होइन भन्ने आशंका गर्ने ठाउँ दिएको छ । वाम बुद्धिजीवी कोमल भट्टराईले ओलीको ६ बुँदे प्रस्तावका सम्बन्धमा आशंकासहितका ५ वटा सवाल उठाएका छन्–दुई पटक संसद बिघटन गल्ती हो कि होइन । संसद बिघटन सरकारबाट फिर्ता लिन मिल्छ कि मिल्दैन ? सरकारबाट संसद बिघटन फिर्ता भएपछि स्वतः मुद्दा फिर्ता हुँदैन र ? भट्टराईले लेखेका छन्– यी प्रश्नहरूमा स्पष्ट भएपछि विवाद हल हुन्छ जस्तो देखियो
भट्टराईले उठाएका सवाल
१. एकताको पक्षधरमा रहेका भनेको के हो ?
२. मूलभूतरूपमा संगठनहरू संचालन भन्नाले भनेको के हो ?
३. दुई पटक संसद विघटन गर्नु गल्ती हो कि होइन ?
४ संसद विघटनविरूद्ध हस्ताक्षर नगरेको भए यो वक्तव्य आउँथ्यो आउँदैनथ्यो ?
५ संसद विघटन फिर्ता सरकारबाट लिन मिल्छ कि मिल्दैन ?
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend