Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पार्टी अध्यक्षको आह्वान मूलतः सकारात्मक छः योगेश भट्टराई


    आइतबार, जेष्ठ २३ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्यमार्फत् गरेको प्रस्तावलाई योगेश भट्टराईले सकारात्मक रुपमा लिएका छन् । भट्टराईले प्रधानमन्त्रीको प्रस्तावले शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र एमालेको एकतालाई अक्षुण्ण राख्न मद्दत पुग्ने अपेक्षा गरेका छन् ।

    प्रधानमन्त्रीको प्रस्ताव आएपछि नेता भट्टराईले सामाजिक संजालमा लेखेका छन्–पार्टी अध्यक्षको आह्वान मूलतः सकारात्मक छ । कार्यदलस्तरको छलफललाई यो बक्तब्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप बिषयहरुलाई समाधान गर्ने छ ।  सर्वोच्चमा बिचाराधीन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मूलतः संबिधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।

    सारमा अध्यक्षको बक्तब्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण्ण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार