काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ‘आफन्तहरु’ लाई घुसाउन निर्धारित योग्यताममा फेरबदल गरेका छन् ।
सरकारले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा अहिलेसम्म आवश्यक मानिएको स्नातक तहको योग्यता नचाहिने गरी निर्देशिका संशोधन गरेको छ ।
सरकारले खासगरी राजनीतिक तथा गैर–कुटनीतिक कोटाबाट राजदूतका योग्यता र क्षमता कमजोर भएको प्रश्न उठेका बेला गोप्य रुपमा निर्देशिका संशोधन गरेको हो ।
यसपल्ट प्रधानमन्त्री ओलीका मित्र तथा पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनका लागि राजदूत बनाउन यो संशोधन गरेको बुझिएको छ ।
पछिल्लो ११ मुलुकमा राजदूत नियुक्ति सिफारिस गर्नुभन्दा पहिले गत वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने गरी सांशोधिन निर्देशिका पारित गरेको परराष्ट्रमन्त्रालयका एक अधिकारीले बताए ।’
राजदूत नियुक्तिसम्बन्धी यसअघिको निर्देशिकामा कम्तीमा स्नातक तहको शिक्षा प्राप्त गरेका,सम्बन्धित मुलुकको भाषासहित अन्य विषयमा जानकार भएकालाई राजदूतमा सिफारिस गर्ने व्यवस्था गरिएको थियो ।
तर मन्त्रिपरिषद्ले पछिल्लो पटक सिफारिस गरेका ११ राजदूतमध्ये ९ जना राजनीतिक कोटाबाट परेका छन् ।
ती अधिकारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा निर्देशिका संशोधन गरिएको हो ।
यसअघि आफ्नालाई राजदूत बनाएर पठाउने प्रवृति थियो भने यसपटक आफ्नालाई राजदूत बनाएर पठाउन निर्धारित योग्यता नै परिवर्तन गरेको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend