Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीले लियाे प्रदेश नं १ सरकारलाई दिएको समर्थन फिर्ता


    आइतबार, जेष्ठ २३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०माओवादी केन्द्रले प्रदेश नं १को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    आज प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको भन्दै समर्थन फिर्ता लिएको बताए।

    नेता आङ्बोका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई बुझाइएको छ ।

    पत्रमा मुख्यमन्त्री राई  सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार