Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली मन्त्रिपरिषद् विस्तारको पुनः तयारीमा, गृहमन्त्रीमा बस्नेत र खगराजको चर्चा


    आइतबार, जेष्ठ २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिदिएका छन् ।

    आफूसँगै थप सात मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले एमालेबाटै सम्भवतः आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ।

    गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज अधिकारीले दाबी पेश गरेपछि प्रधानमन्त्री ओली कसलाई बनाउने भनेर दबाबमा परेका छन् । 

    तर, ओली भने चुनाव गराउनुपर्ने भएकोले अलिक विवादमा नपरेकालाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा देखिएका छन् । प्रहरी नेतृत्वले पनि बस्नेतभन्दा अधिकारीलाई रुचाएकोले गृहमन्त्रीमा अधिकारीकै सम्भावना रहेको पनि एमालेनिकट उच्च स्रोतको दाबी छ । अधिकारी गृहमन्त्री बने बस्नेत सञ्चारमन्त्री बन्ने निश्चित् छ । बस्नेतले पनि आफूलाई गृह नदिईए सञ्चार दिन भनेका छन् ।

    प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आँफैसँग राख्ने भएका छन् । पूर्व माओवादी खेमालाई पनि खुशी तुल्याउनको लागि केही मन्त्रालय दिने उनको तयारी छ । यसको लागि उनले अहिले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँग परामर्शसमेत गरेका छन् । तर, नाम भने तय भएको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार