Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिवक्ता त्रिपाठीद्वारा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट पेश


    आइतबार, जेष्ठ २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अभिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषदमा गरिएको हेरफेर तथा पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । 

    नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संविधान विपरीत भएको दावी गर्दै त्रिपाठीले सर्वोच्चमा रिट पेश गरेका हुन् । 

    ओलीले शुक्रबार राति जसपासहितलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । 

    संविधानको धारा २, ७४, ७७(ग) एवम्  संविधानको धारा ७७(३)  को प्रतिकूल रहेकोले संविधानको धारा ४६,  १३३(२)(३) बमोजिम जेठ २१ गते भएको मन्त्रिपरिषद् हेरफेर तथा कार्य विभाजन तथा  सोबाट निसृत सबै काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरि परमादेश लगायत अन्य उपयुक्त आदेश दिन रिटमा माग गरिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार