Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • असंवैधानिक तवरबाट बनेको सरकार स्वीकार्य छैन: समाजवादी विद्यार्थी युनियन


    आइतबार, जेष्ठ २३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संविधानको धारालाई कुल्चिएर राष्ट्रपतिले घोषणा गरेको प्रधानमन्त्री केपी ओली सरकार पूर्णतः असंवैधानिक रहेको भन्दै जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले अस्वीकार गर्नुपर्ने बताएको छ।

    युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले आइतबार निकालेको विज्ञप्तिमा असंवैधानिक तवरबाट बनेको सरकारलाई स्वीकार गर्न नहुने उल्लेख गरिएकाे छ ।

    ‘क्रूर, जनतामारा सरकारलाई हामीले किन सरकार मान्ने? त्यसैले लोकतन्त्र र विधिको शासन मान्ने आमन्यायप्रेमी समुदायलाई हामी हार्दिक अपिल गर्न चाहन्छौं कि यो असंवैधानिक र असफल सरकारलाई सबै ठाउँबाट अस्विकार गरौं र जनमुखी लोकतान्त्रिक विधिको शासनको लागि स्वाधीन संवैधानिक सरकार गठन गराउन संघर्षमा एकताबद्ध होऔं,’ उनले भनेका छन्।

    196165821_307964764211573_648728243879952772_n.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार