Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक इजलास आज, नयाँ न्यायाधीश चयन गर्ने सम्भावना


    आइतबार, जेष्ठ २३ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्दको मुद्दामाथि सुनुवाइ गर्न आज सर्वोच्च अदालतमा  संवैधानिक इजलास बस्दै छ। 

    गत जेठ १८ गते बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि आज वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिबद्धता जनाएका थिए, त्यही अनुरुप आज बस्ने भएको हो। इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना रहेको छ ।

    यसअघि गत जेठ १४ गते गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशहरुमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित भएको थियो। जसमा नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने तेजबहादुर केसीलाई इजलासमा राख्दा निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुको विकल्प खोज्न आग्रह गर्दै आएका थिए ।

    यसै विषयमा ध्यानाकर्षण गराउन गत जेठ १८ गते सर्वोच्च बार एसोसिएसनका अध्यक्षको भेटमा प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा न्यायाधीश चयन गरेर संवैधानिक इजलास गठन गर्ने आश्वासन दिएका थिए । तर, शुक्रबार बसेको सर्वोच्चको फुल कोर्टको बैठकले नियमावली संशोधन गर्नु नपर्ने ठहर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार