Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अदालतले नियुक्ति बदर गरेका ६ मन्त्रीले १७ दिनसम्म क्वाटर छाडेनन्


    शनिबार, जेष्ठ २२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नियुक्ति बदर गरेका ७ मन्त्रीले अझै पनि हरिहरभवनस्थित मन्त्री निवास छाडेका छैनन् । मन्त्री निवासको रेखदेख र मर्मत सुधार हेर्ने सहरी विकास तथा भवन विभागका एक अधिकारीका अनुसार अदालतको आदेशपछि पनि ६ मन्त्रीले अझै निवास ओगटेर बसेका छन् । अदालतले नियुक्ति बदर गरेको १७ दिन बितिसक्दा पनि निर्लज्ज रुपमा उनीहरु निवास कब्जा गरी बसेका छन् । सर्वोच्च अदालतले २०७८ जेठ ६ गते सांसद पदमा नरहेका ७ मन्त्रीको नियुक्ति कानुनसम्मत नभएकाले बदर गरेको थियो । 

    मन्त्रीको जागिर गएको १७ दिनसम्म पनि क्वाटर कब्जा गर्ने रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा हुन् । मणि थापा भने केही दिनअघि निवास छाडेर इमाडोलस्थित घरमा सरिसकेका छन् । बादल गृहमन्त्री, रायमाझी, ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र लामा युवा तथा खेलकुद मन्त्री थिए । माओवादीबाट ओलीको समूहमा आएका उनीहरु अझै पनि मन्त्री हुने आशामा छन् । जबकि अब मन्त्रीको कोटा ८ मात्रै छ । अदालतले १७ दिनअघि नियुक्ति बदर गरेका बादलहरुलाई पुनः मन्त्री बनाउन पनि निकै गाह्रो छ । यो वास्तविकता बुझेर पनि भूपू मन्त्रीहरु निवास कब्जा जमाएरै बसेका छन् ।

    निवास नछाड्दा शुक्रबार मन्त्री भएकाहरु क्वाटरमा सर्न नपाउने भएका छन् ।  नयाँ मन्त्रीहरुले आफूहरुका लागि निवास खाली गराउन दबाब दिन थालेपछि भवन विभागका अधिकारीहरु हैरान भएका छन् । मन्त्रीबाट हटेको १७ दिनसम्म पनि निवास नछाड्नेहरुका लागि प्रदीप ज्ञवालीले मन्त्रीबाट निवृत्त भएको भोलिपल्टै आज निवास छाडेर सबक सिकाएका छन् । तर उनीहरु भने अझै पनि ओलीले ८ मन्त्री पदमा नियुक्त गर्ने आशामा निवासमा धर्ना बसेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार