काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पुनगर्ठन गरेको मन्त्रिपरिषद भौगोलिक रुपमा पनि असन्तुलित देखिएको छ । ओली नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषदमा प्रदेश नम्बर दुईबाट मात्रै ११ जना छन् । बाँकी ५ जनामात्रै अरु प्रदेशका छन् । १ नम्बर प्रदेशबाट २ जना छन् । बागमती प्रदेशबाट ३ जनाको प्रतिनिधित्व छ । लुम्बिनीबाट एक उपप्रधानमन्त्री नियुक्त भएका छन् ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट मन्त्रीपरिषदमा प्रतिनिधित्व छैन । संघीय सरकारमा २५ भन्दा बढी संख्यामा मन्त्री बनाउन संविधानले नै रोकेको छ । अब आठ जना मन्त्री बनाउँदा पनि भौगोलिक सन्तुलन मिल्दैन ।
एक नम्बर प्रदेशबाट प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले प्रतिनिधित्व गर्दछन् । ओली झापाका हुन् भने नेम्वाङ पाँचथरका हुन् ।
प्रदेश नम्बर दुईबाट उपप्रधानमन्त्रीमा रघुवीर महासेठ र राजेन्द्र महतो नियुक्त भएका छन् । महासेठ परराष्ट्र मन्त्री र महतो सहरी विकास मन्त्री हुन् । महासेठ धनुषाका हुन् भने महतो सर्लाहीका हुन् । तर चुनाव भने उनले धनुषाबाटै जितेका हुन् । महासेठ एमालेबाट र महतो तत्कालीन राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने ८ मन्त्रीहरुमा महोत्तरीका शरदसिंह भण्डारी उर्जा मन्त्री नियुक्त भएका छन् भने रौतहटका अनिलकुमार झा खानेपानी, पर्साका लक्ष्मणलाल कर्ण भूमिब्यवस्था र सिरहाका लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रीको जिम्मा दिइएको छ ।
पर्साकै विमल श्रीवास्तव श्रम, धनुषाका उमाशंकर अरगरिया पर्यटन, महोत्तरीकी चन्दा चौधरी महिला, बाराका एकवाल मियाँ निर्वाचित युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश नम्बर दुईबाट नियुक्त भएका ८ मन्त्रीमध्ये लिलानाथ श्रेष्ठ एमालेका हुन् । अरु ७ जना जसपाकै हुन् । जसपाले उर्जा राज्यमन्त्री बनाएका चन्द्रकान्त चौधरी पनि २ नम्बर प्रदेशको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
२ नम्बर प्रदेशका जिल्लागत प्रतिनिधित्वका हिसाबले सर्लाहीबाट एक जना पनि मन्त्री भएका छैनन् । सर्लाही घर भएका महतो उपप्रधानमन्त्री भए पनि उनी धनुषाबाट प्रतिनिधिसभामा जितेका सांसद हुन् । पर्साबाट २ जना मन्त्री भएका छन् । कर्ण र श्रीवास्तव पर्साबाट जितेका सांसद हुन् । धनुषाबाट महतोका अतिरिक्त उमाशंकर अरगरिया मन्त्री भएका छन् । महोत्तरीबाट २ जनाकै प्रतिनिधित्व छ । महोत्तरीका शरतसिंह भण्डारी र चन्दा चौधरी मन्त्री भएका छन् । सप्तरीबाट चुनाव जितेका चन्द्रकान्त चौधरीलाई राज्यमन्त्रीमात्र दिइएको छ ।
मन्त्रिपरिषदमा बागमती प्रदेशबाट काठमाडौंका कृष्णगोपाल श्रेष्ठ शिक्षा, शेरबहादुर तामाङ स्वास्थ्य र रेणुका गुरुङको प्रतिनिधित्व छ । गुरुङले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा उम्मेदवार भएर ९९ मत ल्याएकी थिइन् । जबकि एमालेकी ज्ञानमाया डंगोलले ८ हजार भन्दा बढी मत प्राप्त गरी बिजयी भएकी हुन् । गुरुङलाई खस आर्यको कोटाबाट उपेन्द्र यादवले समानुपातिक सांसद बनाएका थिए । तर उनले राज्यमन्त्री खान उनलाई धोका दिएर महन्थ ठाकुुर र राजेन्द्र महतो खेमामा पुगेकी छन् ।
सुदूरपश्चिममाथि न्याय कि अन्याय ?
प्रधानमन्त्री ओलीले यसअघि सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्ट, गणेश ठगुन्ना, प्रेम आले, गौरीशंकर चौधरी गरी ४ जनालाई मन्त्री बनाएका थिए । र, सुदूरपश्चिमलाई महत्व दिएको भन्दै ओली निकटहरुले प्रचार पनि गरे । तर भट्ट र चौधरीको नियुक्ति जेठ ६ गते सर्वोच्च अदालतको आदेशले बदर भयो । ठगुन्ना र आलेलाई ५ महिनामै अपमानपूर्वक बर्खास्त गरिएको छ । तर पनि ठगुन्ना र आले सल्लाहमै आफूहरुलाई जिम्मेवारीबाट मुक्त गराएको भन्न विवश छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend