काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको निर्णायक बैठक आज बस्ने भएको छ । नेपाल–खनाल समूह नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने दोधारमा रहेको छ । यस्तो दोधारे नीतिका कारण सो समूहबाट कृष्णभक्त पोखरेल, धु्रव शाही, पवित्रा निरौला खरेल लगायतका सांसदहरु ओली समूहमा गइसकेका छन् ।
नेपाल–खनाल समूहमा नयाँ पार्टी खोल्ने कि एमालेमै रहेर संघर्ष गर्ने भन्ने बिषयमा दुई धार देखिएको छ । सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण बिष्टहरु एमालेभित्रै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने भीम रावल, अष्टलक्ष्मी शाक्य, जगन्नाथ खतिवडा, राजेन्द्र राईहरु नयाँ पार्टी गठन गरिहाल्नुपर्ने पक्षमा छन् । यो समूहमा देखिएको यही अन्तरबिरोधका बीचमा आज निर्णाय बैठक बस्न लागेको छ ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निष्कर्ष निकालेको थियो । एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएको छ ।
केन्द्रीय कमिटी बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकोतर्फे ध्यानाकर्षण गराएका थिए । आज बस्ने नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले केन्द्रीय नयाँ पार्टी गठन वा एमालेमै संघर्ष गर्नेबारेमा ठोस निर्णय गर्ने बताइएको छ ।
ओली पक्षले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । अरु १२ नेतालाई स्पष्टीकरण सोधिसकेको छ । तर कारबाही भने गरेको छैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend