Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वार्ता र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने पक्षमा नेपाल–खनाल समूह


    शनिबार, जेष्ठ २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेको असन्तुष्ट पक्ष नेपाल – खनाल समूहले  पार्टी एकता जोगाउन  वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको छ ।  हिजो (शुक्रबार) सम्पन्न  नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले   वार्ता र पार्टी निर्माणलाई समानान्तर रूपमा लैजाने निष्कर्ष निकालेको हो । 

    पार्टी एकता जोगाउन  ओली पक्षसँग अनौपचारिक तहमा जारी संवादलाई अन्तिमसम्म निरन्तरता दिने र वैकल्पिक पार्टी बनाउने पूर्वअभ्यासस्वरूप देशव्यापी समानान्तर कमिटी बनाउने अभियान जारी राख्ने   निर्णय बैठकले गरेको छ । 
     आज शनिबार स्थायी कमिटी बैठक बस्ने र हिजो बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने नेपाल–खनाल पक्षले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार