Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पाँच महिनामै बर्खास्त भए यी अभागी मन्त्री


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त भएको पाँच महिनामै ४ मन्त्रीलाई हटाएका छन् । राजपाका नेतालाई मन्त्री बनाउन ४ मन्त्री हटाइएको हो । २०७७ पुस १० मा नियुक्त भएका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई हटाइएको छ ।  

    भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्वाहाङ्फेलाई पनि हटाइएको छ । उनी केही महिना कानुन मन्त्री पनि भएकी थिइन् । उनी पनि पुस १० मै भूमिब्यवस्था मन्त्रीमा नियुक्त भएकी थिइन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना पनि ५ महिनामै बर्खास्त भएका छन् । 

    वन मन्त्रीमा उपेन्द्र यादवलाई बाइवाई गरी ठाकुर महतो समूहमा लागेका जसपाका उमाशंकर अरगरियालाई ल्याउन लागिएको छ । उनी बीरगज महानगरपालिकाका पूर्वमेयर हुन् ।  महिलामा चन्दा चौधरी र भूमिब्यवस्था मन्त्रीमा लक्ष्मणलाल कर्णलाई ल्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार