Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

    आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको विरोध गर्दै उनले आफ्नो सांसद पद कायम राख्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

    उनलाई बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो । 

    उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

    सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यस रिटमा आइतबारका लागि पेशी तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार