Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले सोधे सुदूरपश्चिम प्रदेशका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण


    शुक्रबार, जेष्ठ २१ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन् ।

    ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

    तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर चार मन्त्री र तीन राज्यमन्त्री बनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार