काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको जनता समाजावादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष आजै सरकारमा सहभागी हुने भएको छ ।
ठाकुर पक्ष सरकारमा सहभागी हुने तय भएपछि ओलीले आज साँझसम्म मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयसहित ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जसपाका एक नेताले पुष्टि गरे । उनकाअनुसार महतो उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्ने छन् । ती नेताले आजै साँझ दुई राज्यमन्त्रीसहित १० जनाले सपथ लिने तयारी भएको पनि जानकारी दिए ।
महतोको नेतृत्वमा जसपाबाट शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, चन्दा चौधरी र विमलप्रसाद श्रीवास्तव मन्त्री बन्ने पक्कापक्की भएको छ । त्यस्तै, दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend