Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मानव हितविरूद्धका गतिविधि गर्नेलाई सजाय दिन सरकारले कुनै सम्झौता गर्ने छैन: प्रधानमन्त्री


    शुक्रबार, जेष्ठ २१ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव हितविरूद्धका गतिविधिलाई सरकारले नसहने बताएका छन्।

    नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको भन्दै ओलीले मानव हितविरूद्धका गतिविधिलाई सरकारले नसहने बताएका हुन्।

    छुवाछुत विरूद्धको राष्ट्रिय दिवसमा आज शुभकामना व्यक्त गर्दै  उनले भने, ‘यस्ता अमानवीय हिंसाका घटनाहरूको छानविनमा दोषीलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन।’

    ‘त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन,’ प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार