काठमाडौं । सरकारमा जान ठिक्क परेर मन्त्रालय बाँडफाँडको समेत टुंगो लगाएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तत्काल सरकारमा नजाने भएको छ ।
ठाकुर पक्षका एक नेताका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला नआएसम्म सरकारमा नजाने निर्णय भएकाे हाे ।
जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याउन सकेको छैन । बहुमत बनाएमा मात्र पनि सरकारमा जाने टुंगो लगाइहाल्ने पक्षमा देखिएको छ ।
जसपाभित्र उपेन्द्र यादव समूहको बहुमत छ । कार्यकारिणी समितिमा यादवको बहुमत भएपछि ठाकुर अप्ठ्यारोमा परेका छन् । उनलाई नयाँ दल खोल्नुपर्ने हुन्छ ।
जसपाले ७ मन्त्रालय पाउने गरी प्रधानमन्त्री ओलीले सरकारमा सहभागी गराउन खोजेका छन् । जसपाले भने ८ मन्त्रीसहित केही राज्यमन्त्री मागेको छ ।