Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक आज, इजलास गठनका लागि नियमावली संशोधनको तयारी


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक आज बस्दै छ ।

    बैठक कोरोना संक्रमणका कारण प्रभावित भएका अदालतको सेवाबारे छलफल गर्न बोलाइएको  सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। 

    सूचना अधिकारी ढकालका अनुसार  आजको बैठकमा कोरोना भाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। 

    यस्तै, वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्नेबारे पनि छलफल हुन सक्ने बुझिएको छ। 

    यसअघि प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा राखेका राखेका ११ र १२ औं बरियताका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको बारेमा प्रश्न उठिरहेको छ । राणाले मंगलबार सर्वोच्च बारका पदाधिकारीसँगको छलफलमा बरिष्ठताका आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार