Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राणाले किन बोलाए सर्वोच्चको पूर्ण बैठक ?


    बिहिबार, जेष्ठ २० २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटको सुनुवाइका लागि राखिएका दुई न्यायाधीशको बारेमा बरिष्ठ अधिवक्ताहरुले बारम्बार प्रश्न उठाएपछि बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्छु भन्दैआएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।

    प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा राखेका राखेका ११ र १२ औं बरियताका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको बारेमा प्रश्न उठिरहेको छ । राणाले मंगलबार सर्वोच्च बारका पदाधिकारीसँगको छलफलमा बरिष्ठताका आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । तर मंगलबार दिउँसो उनले आफ्नै प्रतिबद्धता बिपरीत केसी र श्रेष्ठलाई नहटाई सुनुवाइ सुरु गर्न खोजेपछि बरिष्ठ न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईले नै इजलास छाड्ने घोषणा गरे । जसका कारण प्रधानन्यायाधीश राणा अप्ठेरोमा परे । उनका सामु केसी र श्रेष्ठलाई इजलासबाट हटाउने बाहेक अर्को बिकल्प नभएको अवस्थामा उनले शुक्रबार फुलकोर्ट बोलाएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार